१६ कार्तिक २०८३, आईतवार

 

सरकारले साझा यातायातलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने

बिजुली बस किन्नका लागि सरकारले ललतिपुरको साझा यातायात सहकारीलाई दिएको ३ अर्ब रुपैयाँ ब्याजसहित फिर्ता लिने भएको छ । बिहीबार मन्त्रिपरिषद्को बैंठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले यस्तो जानकारी गराएका हुन् ।

तोकिएको समयमा साझाले बस खरिद गर्न नसकेकाले उक्त रकम ब्याज सहित फिर्ता लिने निर्णय भएको बताए । मन्त्रिपरिषद्को २०७६ असार २४ र २९ गतेको बैठकले साझा यातायात सहकारी लिमिटेडलाई ३ सय वटा नयाँ विद्युतीय बस खरिद गरी सञ्चालन गर्नका लागि सरकारबाट शेयर लगानी वापत ३ अर्ब रुपैयाँ उपलब्ध गराएको थियो । मन्त्री बाँस्कोटाले २०७५ पुस ९ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार नयाँ विद्युतिय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको र सरकारका तर्फबाट अर्थमन्त्रालयले ३ अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय समेत भएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung