७ कार्तिक २०८३, शुक्रबार

 

सीवाईसी र दिदीबहिनी साकोस एक हुँदै

सीवाईसी बचत तथा ऋण सहकारी संस्था, बागलुङ र गल्कोट–३ स्थित दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाबीच एकीकरणका लागि सैद्धान्तिक सहमति भएको छ ।  दिदीबहिनी साकोसले गल्कोटको हटियामा आयोजना गरेको सहकारी शिक्षा शिविर तालिमका अवसरमा एकीकरणको सहमति जुटेको हो ।

कार्यक्रममा दिदीबहिनी साकोसका सेयर सदस्य, सीवाईसीको केन्द्रीय समिति र सदस्य सेवाकेन्द्र सञ्चालन तथा व्यवस्थापन उपसमिति हटियाका प्रतिनिधि उपस्थित थिए ।  कार्यक्रमको उद्घाटन नेफ्स्कुनका सञ्चालक एवं सीवाईसी साकोसका केन्द्रीय अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले गरेका थिए । पौडेलले दिदीबहिनी साकोस सीवाईसीसँग एकीकरण हुँदा गाभिने नभएर एकआपसमा मिली संयुक्त कारोबार गर्ने बताए ।

दिदीबहिनीको सञ्चालक समितिले सीवाईसीसँग एकीकरण हुने यसपूर्व नै सहमति गरी गण्डकी प्रदेशबाट पनि एकीकरणको पूर्वस्वीकृति आएको उनले बताए ।  सोही क्रममा सिवाईसी साकोसका हटिया सेवाकेन्द्र प्रमुख रीमा घर्ती र दिदीबहिनी साकोस प्रमुख सुनीता बोहोरा क्षेत्रीले आआफ्नो संस्थाको वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung