अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर भन्सारमा कार्यरत नायब सुब्बा अहमदरजा अन्सारीलाई १ लाख ५० हजार घुस रकमसहित नियन्त्रणमा लिएको छ ।
नेपाल-भारत सीमा बजारबाट घरायसी सामान ल्याउन सहज गराइदिन्छु भनी अन्सारीले सेवाग्राहीसँग घुस लिएको अख्तियारले जनाएको छ। आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अन्सारीलाई धनुषाबाट नियन्त्रणमा लिएकाे हाे ।



















































































































































































































