१६ कार्तिक २०८३, आईतवार

 

बागमती नदीमा पुरुषको शव

बल्खु तरकारी बजार नजिकैको बागमती नदीमा एक पुरुषको शव भेटिएको छ ।  महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नदीमा अन्दाजी ४२ वर्षीय सर्लाही घर भएका उमेश महतो रहेको छ ।
तरकारी बजारमा मजदूरी गर्ने महतो माघ २८देखि हराइरहेका थिए ।

उनको साथबाट ६ हजार ८६० रूपैयाँ र एक थान मोबाइल फेला परेको छ।

शरीरमा कहिँ चोट फेला नपरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung