१६ कार्तिक २०८३, आईतवार

 

सरकारले २८४ बिघा जग्गा फिर्ता लिइसक्याे : मन्त्री अर्याल

भूमिसुधार तथा व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले हिजो बारा जिल्लाको सिमरा विमानस्थलनजिकको व्यक्तिको नाममा रहेको २० बिघा सरकारी जमिन फिर्ता लिइएको बताएकी छन् । सिमराको मालपोत कार्यालयले व्यक्तिका नाममा रहेको जमिन फिर्ता लिएको उनले जानकारी गराइन् ।

राजधानीमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनले आफ्नो कार्यकालमा भएका कामको फेहरिस्त प्रस्तुत गरिन् । सरकारले अहिलेसम्म २८४ बिघा सरकारी नाममा ल्याइएको मन्त्री अर्यालले जानकारी गराइन । सरकारले ललिता निवास काण्डपछि एकपछि अर्काे गर्दै हडपिएका सरकारी जग्गा फिर्ता लिन थालेको छ ।

हदबन्दी बढी रहेकाे १० हजार १९२ बिघा जग्गा रोक्का गरिएकाे अर्यालले बताइन् । १०८ मालपोत कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा छन् । १४८३, १९ हेक्टर गाउँ ब्लक नापी, ८ हजार ६१९ हेक्टर पुनः नापी र ३५ हजार २९३ हेक्टर द्वन्द्वबाट क्षतिग्रस्त नापनक्सा पुनःस्थापना कार्य सम्पन्न गरी ४८ हजार ६९० जना जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको  उनले जानकारी दिइन् ।

नेपालको नक्सा बनाउन गठित प्राविधिक टोलीले बैठक बसेर सुझाव दिएको र त्यो अन्तिम चरणमा पुगेको उनले बताइन् । गुठी ऐनबारे सरोकारवालासँग छलफल र वार्ता गरी सुझाव संकलन गरिएको उनले जानकारी दिइन । उपत्यकाका लागि केन्द्रित गरी सुझाव समिति बनाइएको छ । सगरमाथाको उचाइ मापन कार्य अन्तिम चरणमा पुगेको उनले पत्रकार सम्मेलनमा बताइन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung