१६ कार्तिक २०८३, आईतवार

 

बागलुङमा करेन्ट लागेर विद्यार्थीको मृत्यु

बागलुङमा करेन्ट लागेर एक विद्यार्थीको मृत्यु भएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–१ एकपाटास्थित १६ वर्षीय स्वदेश थापाको केन्द्रीय प्रसारण लाइनको विद्युत् चुहावट भएको तारमा छुँदा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।

आमासँगै घाँस काट्नका लागि घर नजिकैको बारीमा गएको बेला फलामको पाइपमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भई उपचारका लागि धौलागिरि अञ्चल अस्पतालमा पु¥याउने क्रममा मृत्यु भएको थियो । मृतक भिमसेन माध्यमिक विद्यालय बिहुँमा कक्षा १० मा अध्ययनरत थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung