१६ कार्तिक २०८३, आईतवार

 

महोत्तरीमा गोली चल्यो

महोत्तरीको गौशालामा अज्ञात व्यक्तिले गोली चलाउँदा एक जना गम्भीर घाइते भएका छन् । मनरासिसवा नगरपालिका–३ का सहदेवप्रसाद यादवमाथि आइतबार बिहान २ बजे गोली प्रहार भएको हो ।

घाइते यादवको जनकपुरस्थित जानकी हेल्थकेयर हस्पिटलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

छातीमुनि गोली लागेका यादव अहिले खतरामुक्त रहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung