१६ कार्तिक २०८३, आईतवार

 

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बिहुलाई

काठेखोला गाउँपालिकामा शुक्रबार र शनिबार भएको ९ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बिहुँको लालिगुराँस इङलिस बोर्डिङ स्कुलले जितेको छ ।

काठेखोला गाउँपालिकाको आयोजना र खेलकुद विकास समिति काठेखोला गाउँपालिकाको संयोजनमा भएको प्रतियोगितामा काठेखोला–५ बिहुँको लालिगुराँसले १९ स्वर्ण, १० रजत र १६ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

यस्तै काठेखोला–६ बिहुँको भीमसेन माविले ८ स्वर्ण, ७ रजत र ४ कास्य पदक जित्दै दोस्रो र ५ स्वर्ण ४ रजत र ३ कास्य पदक जित्दै काठेखोला–८ लेखानीको लेखानी माध्यमिक विद्यालय तृतिय भएका छन् ।

प्रतियोगितामा भलिबल, रिले दौड, मार्सल आर्टस्, हाइजम्प, लङ्गजम्प, त्रिपल जम्प, सटफुट र ज्याभलिङ्ग थ्रो भएका थिए ।

प्रतियोगिताका बिजेता खेलाडीलाई काठेखोला गाउँपालिकाका अध्यक्ष अमर थापा र खेलकुद विकास समिति काठेखोला गाउँपालिका संयोजक टिका संगम विकले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung