१६ कार्तिक २०८३, आईतवार

 

स्थानीय पदाधिकारीलाई डोजर आतङ्क बन्द गर्न आग्रह

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले पूर्वाधार निर्माणका काममा स्थानीय पदाधिकारीले डोजर आतङ्क बन्द गर्नु सुझाव गरेका छन् । जनताको चाहना र  हकहितका लागि नयाँ सोचका साथ अघि बढ्नुपर्ने उनले बताए।

वाग्मती प्रदेशसभाको मंगलबार बसेको बैठकमा स्थानीय तहका पदाधिकारी र सदस्यहरुको सुविधाको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ छलफलका क्रममा यस्तो बताएका हुन् । बैठकमा मुख्यमन्त्री पौडेलले उक्त विधेयकको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै स्थानीय निकायलाई सुशासनपूर्ण, पारदर्शी र जनताप्रति उत्तरदायी बन्न सुझाव दिए । स्थानीय जनताप्रति सधैँ सेवाभावले काम गर्ने वातावरण तयार गर्न प्रदेश सरकारले स्थानीय निकायका पदाधिकारीको सुविधासम्बन्धी ऐनलाई संशोधन गर्न आवश्यकता रहेको उनले बताए ।

उहाँले स्थानीय तहका पदाधिकारीलाई आफ्नो पदीय मर्यादालाई आत्मसात् गरी काम कर्तव्य प्रति इमान्दारीपूर्वक लाग्न आग्रह समेत गरे । व्यक्तिगत स्वार्थलाई त्यागेर जनताप्रति सेवाभावले काम गर्न आवश्यक रहेको उनले बताए । बैठकमा स्थानीय तहका पदाधिकारी र सदस्यलाई सेवासुविधा उपलब्ध गराउँदा दलीय स्वार्थ नराखी कार्य गर्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung