१६ कार्तिक २०८३, आईतवार

 

तमानको सातौं गाउँसभा: पारित भए ९ कानुन

बागलुङको तमानखोला गाउँपालिकाको सातौं गाउँसभा ९ वटा विधेयक तथा ऐन पारित गरेको छ । कार्यपालिकाले प्रस्तुत गरेका ऐन तथा विधेयहरु आवश्यक अध्ययनपछि पारित भएका हुन् ।

गाउँसभाले न्यायिक समितिको काममा सहजताका लागि बनाइएको कार्यविधि तथा न्याय सम्पादनका लागि बनेको ऐन २०७६ लाई सर्वसम्मत पारित गरेको छ ।

न्यायीक समिति गठन भएपनि आवश्यक कानुन र कार्यविधिको अभावमा परेका समस्याको अब समाधान हुने गाउँपालिका अध्यक्ष जोकलाल बुढाले बताए ।

पूर्वाधार व्यवस्थापन ऐन २०७६, तमानखोला गाउँपालिकाको राजश्व व्यवस्थापन ऐन २०७६, बस्ती विकास तथा शहरी योजना, भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, तमानखोला कृषि विकास ऐन २०७६, तमानखोला गाउँपालिकाको प्रहरी विधयेक २०७६, सार्वजनिक, नीजि साझेदारी सम्बन्धी बनेको विधेयक २०७६ र वातावरण तथा प्राकृतिक स्रोत संरक्षण सम्बन्धी विधेयक २०७६ लाई सभाबाट पारित गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानाकारी दिए । गाउँपालिकाले कानुन निर्माण गरेसँगै गाउँ प्रहरी नियुक्ति र वातावरण संरक्षणका लागि कार्यक्रम तय गर्न सहज हुने छ ।

ऐनहरुको कार्यानवयनका लागि आवश्यक कार्यविधि बनाइने सुवेदीले जानकारी दिए । गाउँसभाले अन्तिम लेखा परिक्षणको जिम्मेवारी कार्यपालिकालाई दिएको छ ।

हिउँदे अधिवेशनका रुपमा लिइने गाउँसभाले महत्वपुर्ण कानुन निर्माणका साथै चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा संसोधनसमेत गरेको छ । केही बिकास निर्माणका काममा बाधा देखा परेकाले नीति तथा कार्यक्रममा संशोधन गरेर बजेट रकमान्तरको बाटो खोलिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung