१५ कार्तिक २०८३, शनिबार

 

६ महिनाअघि विवाह : श्रीमतीले फालिन् त्रिशूलीमा हाम

नुवाकोटमा मध्यराति विवाहित युवतीले त्रिशूलीमा हामफालेकी छन् । नुवाकोटको विदुर नगरपालिका –१, ढुंगेबजारस्थित चारतले घरको बरन्डाबाट विवाहित २१ वर्षीया सञ्जु खातीले बुधबार मध्यराति त्रिशूली नदीमा हामफालेकी हुन् ।

त्रिशूलीमा हामफालेकी सञ्जुलाई तत्कालै उद्वार गरी जिल्ला अस्पताल पु¥याएपनि चिकित्सकले मृत घोषणा गरिदिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेले जानकारी दिए ।

नदीसँगै सञ्जुको घर टाँसिएको छ । उनका पति २२ वर्षीय मौसम खाती भने घटनास्थलमा बेहोस भएको भेटिएका छन् ।

‘जिल्ला अस्पतालमै उपचारपछि अहिले उनी स्वस्थ छन्,’ शुक्रबार बिहान गर्दै एसपी काफ्लेले भने, ‘घटना अनुसन्धानका लागि अहिले उनलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटको हिरासतमा राखेका छौं।’

नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजेश थापाका अनुसार सञ्जुको शव पोस्टमार्टमका लागि काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।

धादिङ माइती भएकी सञ्जु र नुवाकोटका मौसम खातीको ६ महिनाअघि मात्रै विवाह भएको थियो ।

स्थानीयका अनुसार उनीहरूबीच जहिले खटपट परिरहन्थ्यो । शंका उपशंका भइरहन्थ्यो । यसक्रममा बुधबार राति पनि उनीहरूबीच झगडा भएको र श्रीमती सञ्जुले त्रिशूली नदीसँग टाँसिएर रहेको चारतले घरको बरन्डाबाट हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

‘राति पौने १० बजेतिर स्थानीयले फोन गरेर घटनाको जानकारी गराएका थिए ।
खबर पाउनसाथ प्रहरी घटनास्थलमा पुग्दा महिला त्रिशूली बगरमा मृत भेटिइन् भने पुरुष त्यहीं बेहोस अवस्थामा भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung