३ श्रावण २०८३, आईतवार

 

बलिउड स्टार अमिताभ पनि कोरोना संक्रमित

बलिउड स्टार अमिताभ बच्चनलाई कोरोना भाईरसको संक्रमण भएको छ । भारतीय संचार माध्यमका अनुसार बच्चन परिवारमा छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमणको रिपोर्ट आएपनि अभिषेक पत्नी एवंम अभिनेत्री ऐश्वर्या राय बच्चन र आमा जया बच्चनको परीक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको छ।

अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र अन्य कर्मचारीको पनि परीक्षण गरिएको थियो । भारतिय संचार माध्यमका अनुसार ऐश्वर्या र जयाको रिपोर्ट भने नेगेटिभ आएको छ । परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट भने आउन बाँकी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung