३ जेष्ठ २०८१, बिहीबार

 

म्याग्दीका बाढीपहिरो पीडितमाझ राहत लिएर पुगिन् श्रेष्ठ

बागलुङ समाज कल्याण केन्द्र महिला समूहकी कोषाध्यक्ष तथा इनर ह्विल क्लब अफ बालाजुकी कार्यसमिति सदस्य मन्दिरा श्रेष्ठले म्याग्दीका बाढीपहिरो पीडित परिवारलाई राहत उपलब्ध गराएकी छिन् । काठमाडौं, वटुनिवासी उनी हेलिकोप्टरमा बाढीपीडित बस्तीमा पुगी खाद्यान्न, लत्ताकपडा, औषधि र नगद उपलब्ध सहयोग गराएकी हुन् ।

‘मैले आफ्नो जिल्लामा बाढीपहिरोले धेरै धनजनको नोक्सानी भएको थाहापछि सामाजिक उत्तरदायित्व महसुस गरी उक्त सहयोग उपलब्ध गराएको हुँ,’ श्रेष्ठले भनिन् । उनी धौलागिरि गाउँपालिका–७ मराङ, धारापानी र मालिका गाउँपालिका–७ को बिम,कुइने मंगला गाउँमा पुगेकी हुन् । उनले २ सय ५० परिवारलाई राहत बाँडेका हुन् ।

‘मैले मेरा श्रीमान् मथुरा श्रेष्ठ र छोरा अनमोलसँग सल्लाह गरेर यस्तो आपतका बेला श्रीमानको जन्म जिल्लामा सानो सहयोग उपलब्ध गराएकी हुँ,’ उनले भनिन् । श्रेष्ठ परिवारले मानव आश्रम,विद्यालय,सामुदायिक भवन,खानेपानी, धार्मिक क्षेत्रमा र देशमा दैवी प्रकोप पर्दा सहयोग गर्दै आएको छ ।

‘बाढी पहिरोले ठुलो धन जनको क्षेति भएर हामीलाई संकटको बेला काठमाडौदेखि र बेनी बजारबाट सहयोगी हातहरु आएर राहत उपलब्ध गराउँदा हामीलाई सहयोग भएको छ,’ मालिका गाउँपालिकाको अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।बिमा गाउँमा पहिरोले ९ जनाको मृत्यु भएको छ भने ८५ घर परिवार पहिरोका जोखिममा छन ।

गत असार २५ गते राति र २६ गते बिहान आएको बाढीपहिरोका कारण म्याग्दीमा २८ जनाको मृत्यु हुनुका साथै ४ जना बेपत्ता छन् । ३९५ परिवार प्रभावित भएका छन् ।

श्रेष्ठ परिवारसँगै म्याग्दीका समाजसेवी अनोद श्रेष्ठ, केबी भण्डारी, ओम छन्त्याल र हिरा पुनले पनि बाढीपीडित परिवारलाई भाँडाकुँडा र लत्ताकपडा  वितरण गरेका छन् । उनीहरूले २ सय ५० परिवारलाई राहत बाँडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्