नारायणगढ–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत सवारीले छुट्टै दस्तुर तिर्नुपर्ने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले दुई प्रकारको शुल्क लिने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए ।
‘नियमित मर्मत–सम्भार गर्न स्रोत अभाव नहोस् भन्नका लागि सडक मर्मतसम्भार दस्तुर लिने चलन छ,’ बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उनले भने, ‘नारायण–मुग्लिन सडकखण्ड प्रयोग गरेबापत हलुका सवारीसाधनका लागि प्रतिटिप २५ रुपैयाँ र भारी सवारी साधनको लागि ५५ रुपैयाँ सडक उपभोग दस्तुर संकलन गर्न स्वीकृति दिने निर्णय भएको छ ।’



















































































































































































































