१६ कार्तिक २०८३, आईतवार

 

जैमिनीका बाढीपहिरोपीडितलाई बागलुङ उद्योग वाणिज्य संघद्वारा लत्ताकपडा र भाँडाकुँडा सहयोग

बागलुङ उद्योग वाणिज्य संघले जैमिनीका बाढीपहिरोपीडित परिवारलाई भाँडाकुँडा र लत्ताकपडा सहयोग गरेको छ । जैमिनी नगरपालिका–१ कुस्मिसेरा, टुनिबोटका ६ परिवार र वडा नं ५ बिनामारे, सिम्लेका २ परिवारलाई २० हजार बराबरको भाँडाकुँडा र २५ हजार बराबरको लत्ताकपडा उपलब्ध गराइएको हो ।

ती सामग्री संघका द्वितीय उपाध्यक्ष दीपक हमाल, महासचिव नरेश कँडेल र कार्यसमिति सदस्यहरू नवीन श्रेष्ठ र राजेश भारीले हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा जैमिनी नगरपालिकाका नगरप्रमुख इन्द्रराज पौडेल, संघका द्वितीय उपाध्यक्ष दीपक हमाल, महासचिव नरेश कँडेल र कार्यसमिति सदस्यहरू नवीन श्रेष्ठ, राजेश भारी र संघको कार्यक्रम अधिकृत विकास पौडेलले  मन्तव्य व्यक्त गरेका थिए । वाणिज्य संघलाई फेन्सी व्यवसायी संघ बागलुङले लत्ताकपडा उपलब्ध गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung