५ जेष्ठ २०८१, शनिबार

 

१५१३ जनामा कोरोना संक्रमण : कुन जिल्लामा कति ?

कोरोना भाइरस (कोभिड १९) बाट मंगलबार थप १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ महिला र ७ जना पुरुषको कोरोनाबाट मृत्यु भएको हो । काठमाडौंका एक महिला सहित ३ र बाँकेमा एक महिला सहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंमा ५७ वर्षिया महिला, ६० र ७० वर्षिय पुरुष रहेका छन । भने बाँकेमा ७६ वर्षिया बृद्धा, ५३ र ३९ वर्षिय पुरुष रहेका छन । यस्तै मोरङमा ६८ वर्षिय पुरुष, सर्लाहीमा ७२ वर्षिया महिला, महोत्तरीमा ५८ वर्षिय पुरुष र चितवनमा ५५ वर्षिय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १५ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएकोमा ५ सय ५६ महिला र ९ सय ९७ जना पुरुषमा संक्रमण देखिएको छ । उपत्यकामा आज ९ सय ३४ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ४ सय ४७, भक्तपुरमा ७३ र ललितपुरमा १ सय १४ जनामा संक्रमण देखिएको छ । देशभरी सक्रिय संक्रमितको संख्या २० हजार ३ सय ९६ जना रहेका छन् ।

मन्त्रालयले दिएको जानकारी अनुसार संस्थागत आइसोलेसनमा आज प्रदेश नम्बर १ मा ३ सय ५७, प्रदेश नम्बर २ मा ६ सय ९८, बागमती प्रदेशमा ६ हजार ५ सय ३२ र गण्डकी प्रदेशमा ४ सय ४६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय १४, कर्णाली प्रदेशमा ३ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ८ सय ८९ गरी देशभरी ९ हजार ६ सय ८९ जना रहेका छन ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ३ सय ७१, प्रदेश नम्बर २ मा ६ सय २२, बागमती प्रदेशमा ६ हजार ४ सय ४७ र गण्डकी प्रदेशमा ४ सय ८९ जना संक्रमित रहेका छन । यस्तै प्रदोश नम्बर ५ मा १ हजार ३ सय ९०, कर्णाली प्रदेशमा २ सय ४२ र सुदूरपश्चिम प्रदेशमा १ सय ४६ गरी देशभरी १० हजार ७ सय ७ जना संक्रमण होम आइसोलेसनमा रहेका छन । आज ७ सय ३१ जना डिस्चार्ज भएका छन ।

प्रतिक्रिया दिनुहोस्