५ जेष्ठ २०८१, शनिबार

 

२० घण्टाको शिशुसहित गण्डकीमा थप ३३ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा २० घण्टाको नवजात शिशुसहित थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार दिउँसोसम्म प्रदेशमा २० घण्टाका नवजात शिशुसहित ३३ जनामा संक्रमण देखिएको हो ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका आनुसार पोखरा महानगरपालिका वडा नम्बर ४ का ती शिशुलाई अहिले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको एनआईसीयूमा भर्ना गरिएको छ।

उनका अनुसार आज थपिएका संक्रमितमा नवलपरासी पूर्वका २८ जना, कास्कीका २० घण्टे बालकसहित ४ जना र गोरखाका १ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्