गृह मन्त्रालयले यस वर्षको नवरात्रमा देशमा कुनै पनि मठमन्दिर तथा शक्तिपीठहरु नखोल्न निर्देशन दिएको छ ।
कोरोना संक्रमणको जोखिम रहने भन्दै गृहले बिहीवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो ।
गृहले एक परिपत्र जारी गर्दै मन्त्रिपरिषद् बैठकको निर्णय नगरेसम्मका लागि मठमन्दिर तथा शक्तिपीठहरुमा नित्यपूजाका लागि बाहेक प्रवेश नदिन निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले स्वास्थ्य मन्त्रालयले यी गतिविधिहरुमा रोक लगाउन लिखित आग्रह गरेका कारण सोही बमोजिम परिपत्र गरिएको जानकारी दिए।
कोरोना जोखिमलाई मध्यजनर गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयले असोज दोस्रो साता शक्तिपीठ एवं देवालय खोल्न आग्रह गर्दै सीसीएमसीलाई प्रस्ताव पठाएको थियो । तर त्यस बाहेक कुनैपनि निर्णय आएका छैनन् ।













































































































































































































