६ जेष्ठ २०८१, आईतवार

 

नेपाली व्यवसायीको एड्भान्स कलेजलाई ‘बिजनेस अवार्ड’

बरउडमा नेपाली व्यवसायीद्वारा सञ्चालित एड्भान्स कलेजले ‘इनरवेस्ट लोकल बिजनेस अवार्ड’ हात पारेको छ । स्थानीय सरकारी निकायले व्यवसायीलाई प्रोत्साहन गर्न यो अवार्ड दिने गर्छ । उक्त कलेजमा नर्सिङ निकायको ‘एज केयर र डिसाबिलिटी’ सम्बन्धी पढाइ हुने गर्छ ।

स्थानीय निकायद्वारा तोकिएको स्वतन्त्र कमिटीले स्थानीय व्यवसायको प्रदर्शन र सफलताका आधारमा प्रत्येक वर्ष यो अवार्डका लागि छनोट गर्छ ।

‘हामीले शैक्षिक क्षेत्रमा गर्दै आएको योगदान र सेवाका आधारमा यस वर्ष स्थानीय बिजनेस अवार्ड प्राप्त गरेका हौं, यसले हाम्रो थप हौसला बढाएको छ,’ कलेजका प्रमुख कार्यकारी किशोरराज अर्यालले भने । यसअघि पनि यो कलेज दुईपटक यस अवार्डको फाइनल चरणमा पुगेको थियो ।

‘तर यसपटक हाम्रो काम र विद्यार्थीको प्रतिक्रिया बुझेपछि उनीहरूले यो पुरस्कार हामीलाई दिएका हुन्,’ कलेजका निर्देशक ईश्वर दाहालले भने ।

 

प्रतिक्रिया दिनुहोस्