५ जेष्ठ २०८१, शनिबार

 

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको अध्यक्षमा गिरी

अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको अध्यक्षमा गिरी अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजको अध्यक्षमा एकराज गिरी (स्पेन) चयन भएका छन् । गत शनिबार सम्पन्न समाजको पहिलो अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

विश्व भरी छरिएर रहेका बागलुङेहरुलाई एकतावद्ध गराएर समाज मार्फत उनीहरुको हकहित र विकासको लागि अन्तर्राष्ट्रिय बागलुङ सेवा समाज सक्रिय हुने महासचिव देबु पौडेलले नयाँ विश्वलाई बताए ।

कार्यसमितिको उपाध्यक्षमा कृष्ण प्रसाद शर्मा (युरोप), बेलुकाजी थापा (एसिया), रमेश भट्ट (मध्यपूर्व), दीपक गौतम (अमेरिका), सुमन विष्ट (ओसियाना) छन् ।

त्यस्तै महासचिवमा देबु पौडेल (बेल्जियम), सचिवमा प्रेमसागर पौडेल (कोरिया), अशोक शर्मा (डेनमार्क) र दीपेन्द्र आचार्य (पोर्चुगल), कोषाध्यक्षमा सिद्धार्थ श्रेष्ठ (जापान) र सहकोषाअध्यक्षमा महेश खाती (डेनमार्क) चयन भएका छन् । अधिवेशनले क्षेत्रीय संयोजकमा महेन्द्र

खड्का (युरोप), नवराज पन्त (अमेरिका) लाई चयन गरेको छ । सदस्यहरूमा चन्द्रकान्त शर्मा (कतार), सन्तोष शर्मा (आयरल्यान्ड), सज्जन हमाल (पोर्चुगल), बमबहादुर जीसी (पोर्चुगल), ज्ञानु शर्मा (पोर्चुगल), कर्ण बुढाथोकी (मलेसिया), गमबहादुर विक (यूएई) र विदुर गौतम (स्पेन) छन् ।

प्रतिक्रिया दिनुहोस्