युनाइटेड इन्स्योरेन्स कम्पनीको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतबाट रमेशकुमार भट्टराई बिदा भएका छन्। कात्तिक २४ गतेबाट कामु भट्टराईको करार अवधि सकिएको हो ।
उनी गएपछि नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा उपासना पौडेललाई नियुक्त गरिएको हो। कम्पनीका अनुसार भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमासिक अवधिमा गत वर्षको तुलनामा बिमा शुल्क आर्जनमा ४४ प्रतिशतले वृद्धि गरेको छ ।













































































































































































































