२० बैशाख २०८१, बिहीबार

 

बुर्तिबाङमा नयाँ एम्बुलेन्स

प्रभु ग्रुपका अधयक्ष देवीप्रसाद भट्टचन, ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा नेपाली कांग्रेस क्षेत्र नम्बर २ को आर्थिक सहयोगमा बुर्तिबाङमा एम्बुलेन्स आएको छ ।

४० लाख मूल्य पर्ने एम्बुलेन्स राजस्व छुटमा ११ लाख ५७ हजारमा खरिद एम्बुलेन्स खरिद गरिएको हो । एम्बुलेन्स नेपाल सरकारको नियमानुसार गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा रेडियो ढोरपाटनले सञ्चालन गर्ने अध्यक्ष दोर्ण कुँवरले बताए ।

‘पश्चिम बागलुङमा एम्बुलेन्स नहुँदा त्यस क्षेत्रका जनताले स्वास्थ्य सेवा पाउनका लागि निकै सास्ती खेप्नु परेको थियो,’उनले भने,‘ ‘हामीले पहल गरेर प्रभु ग्रुपका अध्यक्ष र ग्लोबल आईएमईका अध्यक्षको सहयोगमा नेपाली कांग्रेसको क्षेत्रीय समितिले समेत गरेर एम्बुलेन्स किन्ने काम भएको छ । शुक्रबारसम्म एम्बुलेन्स बुर्तिबाङ पुग्छ ।’

उक्त एम्बुलेन्सको चापी बिहीबार प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले कुँवरलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्