
स्वतन्त्र राष्ट्रिय युवा मोर्चा बागलुङले भोलि (पौष १ गते) बागलुङ बजारमा शक्ति प्रदर्शन एवम् नागरिक आन्दोलन गर्ने भएको छ । संविधान खारेजी, हिन्दुराष्ट्र र राजतन्त्रको पुनःस्थापनाको माग गर्दै भोलि शक्ति प्रदर्शन एवम् नागरिक आन्दोलन गर्ने भएकाे हाे ।
भोलि हुने नागरिक आन्दोलनमा लुटतन्त्र, बेथिति, महँगी बरोजगारी र राज्य आतंक बन्द गर्न तथा २०७२ को संविधान खारेजीको माग गर्दै आन्दोलन गरिने मोर्चाका संयोजक संजय खड्काले जानकारी दिए ।
आज प्रेस वक्तव्य निकाल्दै नागरिक आन्दोनको तयारी पूरा भएको मोर्चाले जनाएको छ ।
आन्दोलनमा कुनै पार्टीको झण्डा नभई राष्ट्रिय झण्डासहित गर्ने स्वतन्त्र राष्ट्रिय युवा मोर्चा बागलुङले जनाएको छ ।