१६ कार्तिक २०८३, आईतवार

 

माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा

कैलालीको कैलारी गाउँपालिकाले माघीको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाको हिउँदे अधिवेशनले थारु समुदायको महान पर्व माघीका अवसरमा पुस २९, माघ १ र २ गते बिदा निर्णय गरेको हो।

गाउँपालिकामा थारु बाहुल्यता रहेकाले तीन दिन बिदा दिने निर्णय गरेको गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष कमलप्रसाद चौधरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung