३ श्रावण २०८३, आईतवार

 

संवैधानिक इजलासमा सुनुवाई सुरु, बृहत पूर्ण इजलास मागमा असहमति

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटहरुमाथिको सुनुवाइ संवैधानिक इजलासबाट सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाले अध्यक्षतामा गठित इजलासमा रिट निवेदकहरुले सर्वोच्च अदालतको बृहत पूर्ण इजलासबाट सुनुवाइ हुनपर्ने माग गरेका छन् ।

रिट निवेदकहरुको बृहत पूर्ण इजलास माग गरिएको निवेदन पढेर सुनाइएपछि अदालतको कारवाही अघि बढेको छ । बृहत् पूर्ण इजलास माग गर्दै नेकपाका विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक देव गुरुङ पनि अदालत पुगेका छन् ।

इजलासमा देव गुरुङको तर्फबाट पहिलो बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले संवैधानिक इजलासले यो मुद्दा हेर्न नमिल्ने भन्दै बृहत पूर्ण इजलास माग गरेका छन् ।

बृहत पूर्ण इजलासको मागमा महान्यायाधिवक्ता अग्नि खरेलले असहमति जनाएका छन् । प्रधानन्यायाधीश राणाले महान्यायाधिवक्ताको धारणा सोधेपछि उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung