३ जेष्ठ २०८१, बिहीबार

 

आश्रमलाई बागलुङ महिला समाजद्वारा खाद्यान्न र कपडा सहयोग

बागलुङ महिला समाज कल्याण केन्द्रले मानवसेवा आश्रमलाई लत्ताकपडा र खाद्यान्न वितरण गरेको छ ।कार्याक्रमको प्रमुख अतिथि बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी उपाध्यक्ष रसुमिला श्रेष्ठले आश्रम सञ्चालिका सुनीता श्रेष्ठलाई २० हजार रुपैयाँ बराबरको लत्ताकपडा र खाद्यान्न उपलब्ध गराएकी हुन् ।

‘हामी मानव भएका नाताले समाजमा पछि परेका नागरिक र आश्रय लिएर बसिरहेका दाजुभाइ, दिदीबहिनी र बालबालिकाहरूलाई आफ्नो क्षमता र हैसियतअनुसार सहयोग गर्नुपर्छ,’ उनले भनिन् ।

केन्द्रले आश्रमलाई नियमित सहयोग उपलब्ध गराइरहेको र भविष्यमा पनि आवश्यकताअनुसार त्यसलाई निरन्तरता दिने उपाध्यक्ष श्रेष्ठले बताइन् ।

सहयोग हस्तान्तरण कार्यक्रम बागलुङ महिला समाज कल्याण केन्द्र बागलुङकी अध्यक्ष कुमारी श्रेष्ठको अध्यक्षता र सचिव जुनु श्रेष्ठको सञ्चालनमा भएको थियो । बागलुङ नगरपालिका–३ किनारा टोलमा रहेको आश्रममा ४० जनाले आश्रय लिइरहेको आश्रम सञ्चालिका सुमीरा लामाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्