३ जेष्ठ २०८१, बिहीबार

 

सामाजिक क्षेत्रमा क्रियाशील श्रेष्ठ सम्मानित

बागलुङ समाज कल्याण केन्द्रकी उपाध्यक्ष रसुमिला श्रेष्ठ सम्मानित भएकी छन् । सामाजिक, सांस्कृतिक र सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशील सिजन मिडियाले समाजकी उपाध्यक्ष श्रेष्ठलाई सम्मानित गरेको हो ।

शनिबार आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सामाजिक क्षेत्रमा क्रियाशील श्रेष्ठलाई सम्मान गरेका हुन् ।

कार्यक्रममा शिक्षामन्त्री श्रेष्ठले समाजसेवामा तल्लीन व्यक्ति तथा संस्थालाई सामाजिक रुपान्तरणका लागि सिजन मिडियाले गरेको सहयोग सराहनीय रहेको बताए । समाजसेवामार्फत नेपाल र नेपालीको सेवामा खट्ने सहयोगी हातलाई सधैँ सबैले सहयोग गर्नुपर्नेमा उनले जोड थियो ।

सिजन मिडियाका संस्थापक प्रदीपराज वन्तले स्वदेश तथा विदेशमा रही मातृभूमिको सेवामा समर्पित समाजसेवीलाई हौसला प्रदान गर्न सम्मान गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्