पिताबाट बलात्कृत भएकी किशोरीले छोरा जन्माइकी छन् । बागलुङको निसीखोला गाउँपालिका–६ घर भई विगत १५ वर्षदेखि गुल्मीको सदरमुकाम तम्घासमा काम गर्दै आएका अन्दाजी ६५ वर्षका पिताबाट बलात्कृत भएकी किशोरीले छोरा जन्माएकी हुन् ।
पीडित बालिकाकै आमाले दिएको जाहेरीका अनुसार प्रहरीले बलात्कारमा संलग्न पितालाई शुक्रबार नियन्त्रणमा लिएको छ ।
आइतबार पीडित किशोरीले स्थानीय अस्पतालमा छोरा जन्माएकी हुन् । शिशु र आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
पीडित परिवारको आर्थिक अवस्था कमजोर रहेकाले सहयोग संकलनका लागि रेसुङ्गा नगरपालिका–८ का वडाध्यक्ष भरत भलामी, वडा नम्वर ७ का वडाध्यक्ष मोहनप्रसाद पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष नारायण बराल (सुनार) ले पहल गरिरहेका छन् ।



















































































































































































































