३ जेष्ठ २०८१, बिहीबार

 

रुखबाट खसेर घाइते भएका छन्त्याललाई हेलिकप्टरबाट पोखरा लगियो

तमानखोला गाउँपालिका– ६ नर्जाका ४० वर्षीय टोपबहादुर छन्त्याल रूखबाट खसेर घाइते भएका छन् । नजिकैको जंगलको रूखबाट खसेर घाइते भएका छन्त्यालको पेट र शरीरको विभिन्न भागमा चोट लागेको छ ।

रुखबाट खसेर गम्भीर भएका छन्त्याललाई उपचारका लागि प्रभु हेलिकप्टरबाट पोखराको मणिपाल अस्पतालमा लगिएको उनका छोरा देवेन्द्र छन्त्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्