राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न संविधानको धारा ७६ (५) अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ ।
राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नका लागि अधिवक्ता सन्तोष भण्डारीलगायतले अदालतमा पेश गरेका छन् । सर्वोच्च अदालत स्रोतका अनुसार रिट दर्ता हुने प्रक्रियामा रहेको छ ।
रिटमा राष्ट्रपतिको आह्वानले संविधानको उल्लंघन भइ संवैधानिक प्रणालीमा गम्भीर क्षति पुग्न जाने हुँदा यो रिट निवेदनको टुंगो नलागेसम्म सो प्रक्रिया अघि नबढाउन अन्तरिम आदेश जारी अग्राधिकार माग गरिएको छ ।
















































































































































































