३ जेष्ठ २०८१, बिहीबार

 

उपत्यकामा निषेधाज्ञा खुकुलो, सबै सवारी साधन गुड्न पाउने (पत्रसहित)

काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा खुकुलो बनाइएको छ । आज उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले असार ३१ गतेसम्म निषेधाज्ञा लगाउँदै खुकुलो बनाएको हो ।

त्यस्तै सवारी साधन माथि लगाइको जोरबिजोर प्रणाली समेत हटेको छ। सार्वजनिक तथा निजी सवारी साधन माथि लगाइको जोरबिजोर प्रणाली हटाइको जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए।

‘सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटेको छ। सबै सवारी साधन गुड्न पाउने छन्,’ प्रजिअ पराजुलीले भने।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्