३ जेष्ठ २०८१, बिहीबार

 

लोकल मदिरा सेवनका कारण ४ मजदुरको मृत्यु

घरेलु रक्सी सेवनका कारण बागलुङमा ४ मजदुरको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका ७ मल्म गहिरो खर्कस्थित गलकोट बृहत खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरको ज्यान गएको हो ।
स्थानीय भद्र बहादुर थापाले सञ्चालन गरेको मिलन किराना पसलमा घरेलु मदिरा र बोनस नामक चाउचाउ,पाठक नामक दालमोट र कोकोनट लेखेको बिस्कुट खाएका उनीहरु विरामी परेपछि अस्पताल ल्याउदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ ।
मदिर सेवन गरेका २ जना गम्भीर रहेको छ । उनिहरुको धौलागिरी अस्पतालमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले बताए । दुवैको किड्नीमा असर गरेको देखिएकाले डायलासिस चलिरहेको पोखरेलले जानकारी दिए ।
मृत्यु हुनेमा रोल्पाको सुनिल स्मृती गाँउपालिका २१ वर्षिय दिपेन्द्र पुन मगर , ३९ वर्षिय दुध बहादुर राना, ५१ वर्षिय रेख बहादुर राना , र ३० वर्षिय प्रबिन घर्ती रहेका छन् । त्यस्तै गम्भिर विरामी परेका ३८ वर्षिय खेमराज घर्ती र २६ वर्षिय रबिन्द्र पुनको धवलागिरी अस्पताल बागलुङमा उपचार भैरहेको छ । प्रहरीले पसल सञ्चालक भद्रबहादुर थापालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्