४ श्रावण २०८३, सोमबार

 

बागलुङमा निषेधाज्ञा थप, ५० प्रतिशत क्षमतामा होटल सञ्चालन गर्न पाइने

जिल्ला प्रशासन कार्यालय बागलुङले निषेधाज्ञाको समय थप गरेको छ ।

बिहिबार दिउँसो बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति ( डिसिसिएमसी )को बैठकले अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञाको समय थप गरेको जानकारी दिएकाे छ ।

बैठकले ५० प्रतिशत क्षमतामा होटल संचालन गर्न पाउने व्यवस्था गरेको हो । यसअघि भएका निर्णयमा होटल संचालन छुट थिएन ।

त्यस्तै, लामो तथा छोटो दुरीका सार्वजनिक यातायात पनि स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्ने सरकारी निर्णयलाई निरन्तरता दिएको छ ।

विश्वविद्यालय र उच्च माबिका परीक्षा संचालन मापदण्ड पु¥याएर गर्न पाउने व्यवस्था भएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

बागलुङमा कोरोनाका संक्रमित भने घट्न सकेका छैनन् । बिहिबार दिउँसो सम्मको तथ्यांक अनुसार जिल्लाभर ३ सय ४४ जना सक्रिय संक्रमित छन् । तीमध्ये बागलुङ नगरपालिकाभित्र मात्रै १ सय ७९ जना छन् ।

संक्रमण यथास्थानमा रहेकोले स्वास्थ्य मापदण्ड पालनामा भने कडाई गरिनुपर्ने बैठकमा छलफल भएको थियो ।

व्यवस्था अनुसार, बिहान दूध, तरकारी, किराना लगायतका पसल संचालन हुनेछन् भने दिउँसो हार्डवयर, फेन्सी जस्ता व्यवसाय संचालन हुन्छन् । साँझ ६ बजेपछि व्यवसाय बन्द गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung