‘सबै उमेर समूहका लागि डिजिटल प्रविधिमा समानता’ भन्ने मुल नारासहित ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस बागलुङमा पनि मनाइएको छ ।
जेष्ठ नागरिक संघले बागलुङ जिल्लाका ९४ वर्षीय जेष्ठ नागरिक मनबहादुर पुन र ९२ वर्षीय नन्दजंग राजभण्डारीलाई सम्मान गरिएको छ ।
जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगना र जेष्ठ नागरिक संघका अध्यक्ष लालचन्द्र राजभण्डारीले उनीहरुलाई हिँडडुल गर्न सहज होस् भन्ने उद्देश्यले लठ्ठी प्रदान गरेर सम्मान गरेका हुन् ।
कार्यक्रममा जिल्लाका एक सयभन्दा बढी अन्य जेष्ठ नागरिकलाई लठ्ठी प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक राजेन्द्र ढुंगाना, नेपाल पत्रकार महासंघका सचिव विजय राना, जेष्ठ नागरिक संघका पूर्व अध्यक्ष रमेशकुमार राजभण्डारी, जेष्ठ नागरिक संघका पूर्व अध्यक्ष काजी रोशन, बागलुङ नगरपालिका स्वास्थ्य संयोजक रामप्रसाद खनाल, समाजसेवी देवबहादुर श्रेष्ठ, बागलुङ नगरपालिका –३ का वडाध्यक्ष लक्ष्मी बाँस्कोटा, वरिष्ठ अधिवक्ता पध्मनाथ शर्मा लगायतले अहिले जेष्ठ नागरिकहरूमा अलजाइमरको समस्या बढेर गएको हुँदा यस रोगबाट बच्न खानपीनमा ध्यान दिन सके राम्रो हुने धारणा राखेका थिए ।
सरकारले जेष्ठ नागरिकको लागि सकारात्मक कार्यक्रम ल्याएको त्यसलाई जिल्लाका ग्रामीण क्षेत्रसम्म पुर्याउन जरुरी रहेको बोल्ने बक्ताहरुको धारणा रहेको थियो ।
जेष्ठ नागरिक संघ जिल्ला अध्यक्ष लालचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको कार्यक्रम संचालन बागलुङ नगरपालिका सामाजिक विकास शाखाका प्रमुख सरस्वती पौडेलको रहेको थियो ।



















































































































































































































