२३ भाद्र २०८३, मंगलवार

 

ऐतिहासिक चैत्राष्टमी मेला २०७८ सम्पन्न

बागलुङमा आयोजित ऐतिहासिक चैते दसैं मेला सकिएको छ । कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजनामा २४ गतेदेखि शुरु भएको चैत्राष्टमीं मेला सोमबार साँझ समापन गरिएको छ । मेला समापन गर्दै गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले नेपालकै पुरानो मेलाका रुपमा रहेको चैते दशैं मेलाले पर्यटन प्रर्बद्धनमा टेवा पु¥याएको बताए ।

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरमा लाग्ने मेला यस क्षेत्रकै चिनारीको रुपमा रहेको बताए । बागलुङको पहिचान र जिल्लाको आर्थिक, सामाजिक र सांस्कृति विकासमा मेलाको महत्वपुर्ण भुमिका खेलेको मन्त्री कँडेलले बताए ।

मेलाको कारण बागलुङमा हरेक वर्ष आन्तरिक पर्यटक वढेकोले होटल तथा अन्य पुर्वाधारको क्षेत्रमा लगानी वढाउन आवश्यक रहेको मन्त्री कँडेले बताए । मेला समापन समारोहमा कालिका भगवती गुठी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष राजु खड्कालाई सम्मान गरिएको थियो ।

करिव नौ वर्षको कार्यकालमा कालिका मन्दिरको पुर्वाधार र जिल्लाको पर्यटन प्रर्वद्धनमा महत्वपुर्ण भूमिका खेलको भन्दै खड्कालाई सम्मान गरिएको थियो । कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काको अध्यक्षता र सल्लाहकार निसान खड्काको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

मेलामा कालिका कप भलिवल, लोक दोहरी लगायतका प्रतियोगितमा विजयी खेलाडी तथा कलाकारलाई पुरस्कार वितरण गरिएको थियो । मेलाको अवसरमा आयोजित कालिका कप खुल्ला पुरुष भलिवल प्रतियोगिताको उपाधी मोटरहेड नेपाल छन्त्याल संघ बागलुङले जितेको छ ।

सोमबार सम्पन्न फाईनल खेलमा गलकोट समाज जापानलाई पराजित गदैं मोटरहेड उपाधी बिजेता बनेको हो । फाईनलमा गलकोट समाज जापानलाई मोटरहेड छन्त्याल संघले ३–० को सोझो सेटमा पराजित गदैं उपाधी बिजेता बनेको हो । संघले खेलमा क्रमश २५–१७, २५–२२ र २५–१८ को सेटमा जित निकाल्दै उपाधि बिजेता बनेको हो ।

गण्डकी प्रदेशबाट खेल्दै आएका खेलाडिलाई आवद्ध गरेको मोटरहेडले उपाधि संगैं नगद ३ लाख कालिका कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । गलकोेट नगरपालिकाका खेलाडिहरु आवद्ध गरेको गलकोट समाज जापान उपबिजेता बन्दै नगद १ लाख ५० हजार मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

१७ समुहको सहभागिता रहेको प्रतियोगितामा पर्वत स्पोट्स क्लब तृतिय बन्दै नगद ५० हजार प्राप्त गर्दा कालिका युथ क्लब रेशले सान्त्वना पुरस्कार २५ हजार प्राप्त गर्न सफल भएको खेल संयोजक अर्जुन खड्काले बताए ।

त्यस्तै मेलाको अवसरमा आयोजित खुल्ला लोक दोहोरी प्रतियोगितमा वेष्ट वन रेष्ट्रुरेण्ट प्रथम र लोक दोहोरी प्रतिष्ठान बागलुङ द्धितिय भएको छ । मेलामा ग्रामिण क्षेत्रका स्थानियले निगालोको चोयाबाट निर्मित डोको डाली, नाङ्लो, काठको ठेकी,फलामका भाडाँ, मादल, लगातका स्थानिय उत्पादनहरु बिक्रिमा राखिएको थियो ।

करिव ५ लाख पर्यटकले कालिका भगवती मन्दिरको दर्शन तथा मेला अवलोकन गरेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung