२६ बैशाख २०८१, बुधबार

 

बागलुङ र पर्वतका लियो सदस्यलाई एक दिने उद्घोषण कला तालिम

लियो क्लवमा आवद्ध बागलुङ र पर्वतका युवाहरुका लागि उद्घोषण कला तालिम दिएको छ ।

लियो क्लव अफ धौलागिरि बागलुङ, लियो क्लव अफ बागलुङ र लियो क्लव अफ कुश्मा सिटीको आयोजनामा तालिम सम्पन्न भएको हो । तालिममा बागलुङ र पर्वतका २० जना लियो सदस्यको सहभागिता रहेको थियो ।

उद्घोषण कला तालिमको लायन्स क्लव अफ धौलागिरि बागलुङका द्धितीय उपाध्यक्ष लायन गणेश महतोले सहजिकरण गर्नु भएको थियो ।

तालिम उद्घाटन कार्यक्रममा लायन्स क्लब अफ धौलागिरि, बागलुङका निर्वतमान अध्यक्ष तथा रिजन चियर पर्सन ताल बहादुर कुँवरले उद्घोषण तालिमले नेतृत्व र क्षमता विकास गर्ने धारणा राख्नु भयो ।

सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको बोलीमा विश्वसनियता हुनुपर्नेमा जोड दिँदै बोल्ने कलाको विकासका लागि अभ्यासरत रहनुपर्ने बताउनु भयो । कार्यक्रममा लायन्स क्लव अफ बागलुङका अध्यक्ष प्रेम केसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

लियो क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष प्रवेश पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा स्वागत लियो डिस्ट्रीक काउन्सिल ३२५ के धौलागिरिका संयोजक सुनिल सापकोटा र संचालन लियो क्लव अफ धौलागिरि बागलुङका सचिव विजय सापकोटाले गर्नु भएको

थियो । कार्यक्रममा ध्वजाको अभिवाद लियो क्लव अफ कुश्मा सिटी पर्वतका विजय पुरीले गर्नु भएको थियो ।

लियोमा अवद्ध सदस्यहरुको व्यक्तित्व र नेतृत्व विकास गर्ने उद्देश्यले तालिम आयोजना गरेको लियो क्लव अफ धौलागिरि बागलुङका अध्यक्ष पौडेलले नयाँ विश्वलाई जनाकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्