२३ बैशाख २०८१, आईतवार

 

भक्तिलाल शाक्यको स्मृतिमा बिहुँ, दहपानीमा निशुल्क स्वास्थ्य शिविर

बागलुङ – श्री ग्राम विकास आधारभूत विद्यालयमा एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।शनिबार काठेखोला गाउँपालिका वडा नं ५, बिहुँ, दहपानीको श्री ग्राम विकास आधारभूत विद्यालयमा भक्तिलाल शाक्यको प्रथम वार्षिक पून्यतिथिको उवसर पारेर निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनको छोरा भुपेन्द्र शाक्यले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

स्वास्थ्य शिविर भक्तिलाल शाक्यको परिवार, काठेखोला गाउँपालिका वडा नं ५ र कास्की सेवा अस्पतालको संयुक्त आयोजनामा संचालन गरिएको थियो । शिविरमा ३ सय ६५ जना स्थानीयवासीको स्वास्थ्य परीक्षण र निशुल्क औषधी वितरण गरिएको थियो ।

शिविरमा डा पदम खड्काले (आर्थोपेडिक सर्जन) १ सय ६८ जनाको, डा रन्जिता थाकलीले (जनरल फिजिशियन) १ सय ३९ जनाको र डा विजिता खड्काले (गयनेकांलोजिस्ट) ६८ जनाको स्वास्थ्य परीक्षण गरेका थिए भने १३ जनाको इसिजि गरिएको थियो ।

स्वास्थ्य शिविरबाट ७० प्रतिशतभन्दा बढी महिलाहरुले लाभ लिएको काठेखोला गाउँपालिका वडा नं ५, बिहुँका वडा अध्यक्ष ज्ञामनाथ कँडेलले बताउनु भयो ।यस्तो खालको स्वास्थ्य शिविरले रोगको पहिचान हुनुको साथै सर्वसाधारण नागरिकहरुले नियमिति स्वास्थ्य परीक्षण गर्नु पर्छ भन्ने जनचेतना फैलने वडा अध्यक्ष कँडेलले भन्नु भयो ।

प्रतिक्रिया दिनुहोस्