२३ बैशाख २०८१, आईतवार

 

धौलागिरि अस्पतालद्वारा नवआगन्तुक चिकित्सक, स्वास्थ्कर्मी र कर्मचारीलाई स्वागत

बागलुङ । धौलागिरि अस्पतालले नवआगन्तुक चिकित्सक, स्वाथ्यकर्मी र कर्मचारीहरुलाई स्वागत गरेको छ । बिहिबार नवआगन्तुक चिकित्सक, स्वाथ्यकर्मी र कर्मचारीहरुलाई अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेल र अस्पतालका प्रशासकिय अधिकृत तेज प्रसाद निउरेले टिका र खादा ओढाएर स्वागत गर्नु भएको हो ।

 

कार्यक्रममा प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रवि रंजन प्रधान, प्रमुख कन्सल्टेन्ट पेडियाट्रिसियन डा किरण तिवारी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेल र समितिकी सदस्य लक्ष्मी जिसी काकीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।

कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेलको अध्यक्षतामा, स्वागत डा अमित ढुंगानाले र संचालन अस्पतालका प्रशासकिय अधिकृत तेज प्रसाद निउरेले गर्नु भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्