बागलुङ – बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले ४५ जना विद्यार्थीहरुलाई जुत्ता र मोजा सहयोग गरेको छ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष विजया राजभण्डारीले ४० हजार बराबरको जुत्ता र मोजा ईन्द्र प्राथमिक विद्यालयको विद्यार्थीहलाई हस्तान्तरण गर्नु भएको हो।
शनिबार बागलुङ नगरपालिका ९, तित्याङ, सिस्नेरा गाउँमा रहेको ईन्द्र प्राथमिक विद्यालयको विद्यार्थीहरुलाई महिला समूहले जुत्ता र मोजा सहयोग गरेको हो ।
‘हामीले विद्यार्थीहरुको उज्ज्वल भविष्यमा निर्माण गर्न र उनीहरुको मनोबल उच्च बनाउन सहयोग उपलब्ध गराएको,’ केन्द्रकी अध्यक्ष विजया राजभण्डारीले भनिन् ।विद्यालयलाई भविष्यमा पनि आवश्यकताअनुसार सहयोग गर्ने अध्यक्ष राजभण्डारीले बताइन् ।कार्यक्रम रोटरी क्लब अफ बागलुङको समन्वयमा आयोजना गरिएको थियो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको कोषाध्यक्ष राम कुमार राजभण्डारी, रोटरी क्लब अफ बागलुङको अध्यक्ष नारायण शर्मा पौडेल, बागलुङे राजभण्डारी खल काठमाण्डौको सचिव भानु रोशन राजभण्डारी, शुभलाभ बचत तथा ऋण सहकारीको उपाध्यक्ष दुर्वल राजभण्डारी, लायन्स क्लब बुटवलको संचालक सदस्य रमा राजभण्डारी, रोटरी क्लब अफ बागलुङको पब्लिक इमेज चियर पर्सन प्रतिभा श्रेष्ठ, टिआरफे चियर हेमराज शर्मा र वडा सदस्य माया सार्कीले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम ईन्द्र प्राथमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष प्रेम बहादुर थापाको अध्यक्षता, निमित्त प्रधानाध्यापक माया थापाको स्वागत र रोटरी क्लब अफ बागलुङकी सहसचिव अनीता घिमिरले संचालन गरेको थियो ।
बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहले महिला शसक्तिकरण, शिक्षा, जनस्वास्थ्य, सामाजिक र धार्मिक क्षेत्रहरुमा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको छ ।























































































































































































































