५ जेष्ठ २०८१, शनिबार

 

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयाघात, एनजिओप्लास्टी गरियो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात (माइल्ड हर्टअट्याक) भएपछि एनजिओप्लास्टी गरिएको छ ।

मंगलबार बिहान श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको थियो। राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको छ ।

उनको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको थियो ।राष्ट्रपति पौडेललाई दुई दिन अस्पतालमा नै राख्ने भएको छ ।

डा चन्द्रमणि अधिकारी नेतृत्वको टोलीले राष्ट्रपति पौडेलको शल्यक्रिया गरेको थियो ।चिकित्सकका अनुसार एनजिओप्लास्टी गरेपछि मुटुले कस्तो काम गर्छ भनेर दुई दिन हेर्नुपर्ने भएकोले उनलाई अस्पतालमा राख्नु पर्ने भएको हो ।

राष्ट्रपति पौडेलले शनिबार पनि गंगालालमै नियमित स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्