५ जेष्ठ २०८१, शनिबार

 

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा फेरि के समस्या आयो ? स्वास्थ्य अवस्था स्थिर

काठमाडौं ।मनमोहन कार्डियोथेरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलको मुटुको चाल मनिटरिङ गर्न आवश्यक देखिएकोले आज बिहान अस्पताल भर्ना गरिएको सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना गरिएको थियो ।

गत मंगलबार मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचारको लागि भर्ना भएका थिए ।राष्ट्रपति पौडेललाई हृदयघात (माइल्ड हर्टअट्याक) भएपछि एनजिओप्लास्टी गरिएको थियो ।

गत मंगलबार बिहान श्वासप्रश्वास र छाती भारी हुने समस्या भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र लगिएको थियो। राष्ट्रपतिको मुटुको दाहिनेतिरको नसाबाट तार हालेर जाली खोलेर रगत सञ्चालन गरिएको थियो ।

गत वैशाखमा राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीमा उपचार गरेर फर्किएका थिए ।राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्