२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथद्वारा आश्रमका सदस्यहरुको कपाल काट्ने कार्य सम्पन्न

बागलुङ । लायन्स क्लब अफ बागलुङ मुक्तिनाथले कपाल काट्ने र सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

शनिबार मानव सेवा आश्रम बागलुङमा आश्रय लिएर बसिरहेका दाजुभाइ, दिदीबहिनी र बालबालिकाहरूको कपाल काट्ने र उनीहरुलाई नुहाई दिएर सरसफाई गर्ने कार्यक्रम आयोजना गरिएको क्लबकी अध्यक्ष सुनीता श्रेष्ठले नयाँ विश्वलाई बताइन् ।

कार्यक्रममा लायन्स क्लब अफ बागलुङ मुक्तिनाथकी संस्थापक अध्यक्ष जुनु श्रेष्ठ, डिपार्टमेन्ट चिफ कविता बस्नेत र लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्ष सुनीता श्रेष्ठले मन्तव्य व्यक्त गरेकी थिइन् ।

लायन्स क्लब अफ बागलुङ मुक्तिनाथ महिलाहरूको व्यक्तित्व विकास र सामाजिक सेवामा सक्रिय संस्था हो । अहिले आश्रममा ४५ जनाले आश्रय लिइरहेका छन् जसमा जेष्ठ नागरिक र बालबालिका पनि छन् ।

घरबारविहीन र सडकपेटीमा बसेका व्यक्तिहरूलाई आवाससहितको सुविधा दिने उद्देश्यले २०७३ चैत २१ गतेदेखि बागलुङ बजारमा मानवसेवा आश्रम सञ्चालनमा आएको हो ।

कार्यक्रम लायन्स क्लब अफ बागलुङ मुक्तिनाथको अध्यक्ष सुनीता श्रेष्ठको अध्यक्षता, स्वागत प्रथम उपाध्यक्षमा रन्जिता श्रेष्ठले र संचालन क्लबको सहसचिव चाँदनी श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्