२३ बैशाख २०८१, आईतवार

 

लायन्स क्लब अफ बागलुङ सिटीद्वारा ब्रेन ट्युमरबाट पीडित ठकुरीलाई सहयोग

बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटीले ब्रेन ट्युमरबाट ग्रसित विमला मल्ल ठकुरीको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।

काठेखोला गाउँपालिका २ भिमपोखरा घर भई हाल बागलुङ नगरपालिका २ श्रीनगरटोल वस्ने २८ वर्षीया मल्लको उपचारको लागि क्लबले नगद ५५ हजार ५० रुपैयाँ सहयोग गरेको लायन्स क्लब अफ बागलुङ सिटीेकी अध्यक्ष धना सुनारले नयाँ विश्वलाई बताइन ।

मल्लको पोखरामा ट्युमरको अप्रेशन गरिएको भए पनि अप्रेसन पश्चात शरिरका विभिन्न अंग प्यारालाईसिस भएकोले पुन अर्को अप्रेशन गर्नुपर्ने भएकोले सहयोग गरिएको क्लवले जनाएको छ ।

लायन्स क्लब अफ बागलुङ सिटीका सदस्यहरुबाट संकलन भएको रकम क्लवका अध्यक्ष धना सुनार, सस्थापक अध्यक्ष तथा एसिसटेन्ट चिप एडभाइजर पार्वती अधिकारी र डिपार्टमेन्ट चिफ कविता बस्नेते र सदस्यहरुले हस्तान्त्रण गरेका थिए । कमजोर आर्थिक अवस्थाको कारण उपचारमा असहज भएको जानकारी पश्चात क्लबले सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्