४ जेष्ठ २०८१, शुक्रबार

 

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं स्थापना दिवसमा आश्रमलाई सहयोग

बागलुङ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको नवौं स्थापना दिवस बागलुङमा मानव सेवा आश्रममा सहयोग गरि मनाइएको छ । फर्निचर तथा फर्निसिङ व्यवसायी संघले स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम बागलुङलाई सहयोग हस्तान्तरण गरेको हो। संघले आश्रको सन्ध्याकालिन भोजन सेवाको निम्ति १० हजार १ सय सहयोग गरेको हो ।

सहयोग रकम फर्निचर तथा फर्निसिङ व्यवसायी संघ बागलुङका अध्यक्ष ऋषिराम गौतम,बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल,संघका वरिष्ठ उपाध्यक्ष राजन शाक्यले मानव सेवा आश्रमका संयोजक विपना तामाङलाई संयुक्त रुपमा हस्तान्त्रण गर्नु भएको थियो ।

आश्रमले सहयोगापेक्षी मानवहरुलाई आश्रय दिँदै आएको छ । सहयोग हस्तान्त्रण गर्दै बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले मानव सेवा आश्रमले सञ्चालन गर्दै आएका सामाजिक कार्यहरुको प्रशंसा गर्दै यसप्रकारको सेवामुखी कार्यक्रम सघाउनु सबैभन्दा ठूलो धर्मको कार्यभएको बताउनु भयो ।

सरकारले गर्नु पर्ने काम मानव सेवा आश्रमले गरेको बताउँदै, यस अभियानमा सबैलाई हातेमालो गर्नुपर्ने बताउनु भयो । मानवियताको भावनालाई जागृत गराउन मानव–मानवबिचको सम्बन्ध र दूरीलाई नजिक ल्याउन सक्नु नै उत्कृष्ट सेवा भएको बताउनु भयो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजन शाक्यले मानव सेवा आश्रममा विभिन्न क्षेत्रबाट गरिएको सहयोग, सहकार्यले नै काममा संलग्न भएका व्यक्तित्वहरुको हौसला बढ्ने बताउदै एक अर्काप्रतिको माया, सम्मान र मानवियताले समाजलाई सकारात्मकता तर्फ लैजानले बताउनु भयो ।

फर्निचर तथा फर्निसिङ व्यवसायी संघका अध्यक्ष ऋषिराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन आश्रमका अभिभावक सरिता गौतमले गर्नु भएको थियो ।

२०७३ सालमा बागलुङमा स्थापना भएको मानव सेवा आश्रमले बागलुङ नगरपालिका–४ निरयघाटमा आफ्नै सुविधा सम्पन्न भवन निर्माण गरि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्