२४ बैशाख २०८१, सोमबार

 

इनर हुइल क्लब अफ बालाजुको अध्यक्षमा रन्जु चौधरी

काठमाडौं । इनर हुइल क्लब अफ बालाजुको अध्यक्षमा रन्जु चौधरी चयन भएकी छिन् । क्लबको साधारण सभाले चौधरीको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो । यसै गरी उपाध्यक्षमा अर्चना कर्ण, सचिवमा ज्योति झा, कोषाध्यक्षमा स्योक्षा श्रेष्ठ र आइएफोमा मन्दिरा श्रेष्ठ चयन भएकी छिन् ।

यसै गरी सदस्यहरु कल्पना राजभण्डारी, संगम भारी, निर्मला बदगामी, बबिन जोशी र सोभिता ओझा चयन भएकी छिन् । नवनिर्वाचित कार्यसमितिलाई संस्थापक अध्यक्ष कुमुदिनी शाक्य, पूर्वअध्यक्ष सोनी श्रेष्ठ र निर्वतमान अध्यक्ष विना झाले सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्