२ जेष्ठ २०८१, बुधबार

 

शिव शक्ति अटो मोबाइलले ल्यायो एनएस २००, यस्ता छन् विशेषता ( भिडियो )

बागलुङ । नयाँ भर्सनको बजाज पल्सर एनएस १६० र २०० को विक्री प्रारम्भ भएको छ । बजाज मोटरसाइकल बागलुङको लागि आधिकारिक विक्रेता शिव शक्ति अटोमोबाइलले अपग्रेडेड र अपडेटेड एनएस सिरिजका दुई मोडल बजाज मोटरसाइकल बिक्री थालेको हो । धौलागिरि क्षेत्रका लागि बजाज मोटरसाइकलको आधिकारिक विक्रेता शिव शक्ति अटोमोबाइलले गत साताबाट विक्री शुभारम्भ गरेको छ ।
बजाजले दुवै नयाँ मोटरसाइकलको अगाडि ३३ एमएमको यूएसडी फर्क राखिएको सञ्चालक शिव शंकर शाहले बताए । यी मोटरसाइकलमा ब्रेक भने एन २५० बाट लिएको हो । दुवै मोटरसाइकलको फ्रन्टमा ३०० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक उपलब्ध छ । दुबै मोटरसाइकलमा गियर पोजिसन इन्डिकेटर, डबल च्यानल एबीएस र नयाँ अलोय ह्वील पाउन सकिन्छ ।
बजाज पल्सर एनएस १६० मा १६० सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम १७ पीएस पावर र १४।६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीडको गियर बक्स जडान गरिएको छ ।
त्यस्तै, एनएस २०० मा १९९।५ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यसले अधिकतम २४।५ पीएस पावर र १८।७४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियर बक्स जडान गरिएको छ । एनएस २०० आकर्षक र आक्रमक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको छ । जसले सबैको ध्यानाकृष्ट गर्न सक्छ । यसले विशिष्ट सवारी अनुभव सुनिश्चित गर्दै उल्लेखनीय स्थिरता र सटीक हृयान्डलिंग प्रदान गर्ने कम्पनीको दाबी छ ।
यी दुबै बाइकहरुमा राईडर्स सेफ्टीलाई पहिलो प्राथमिकतामा राख्दै बजाजले डुअल च्यानल एबीएस प्रणाली अपनाएको छ, जसले ब्रेकमा अझै राम्रो कन्ट्रोल र स्थिरता प्रदान गर्छ ।
यी दुबै बाइकमा ३३ एमएमअपसाइड डाउन फ्रन्ट सस्पेन्सन र क्यानिस्टर सहितको रयर नाइट्रोक्स मोनो सक सस्पेन्सनको संयोजनमा राइडरले कुनै पनि सडकमा सजिलैसाग चलाउन सक्नेछन् र सहज अनि आरामदायी सवारीको मजा लिन सक्छन् ।
यसमा रहेको न्यु स्पोर्टि ग्राफिक्सको स्लीक लाइनहरूले राइडरलाई भिडबाट अलग बनाउछ । यसको पेरिमिटर फ्रेम र ट्युबुलर फ्रेम इन्जिनको स्ट्रेस्ड मेम्बरले उत्कृष्ट सन्तुलन र स्थिरता सुनिश्चित गर्छ । यसमा रहेको स्पिडोमिटर कन्सोलमा गियर इन्डिकेटरका साथसाथै ट्याङकीमा बाँकी रहेको फ्युलले कति किलोमिटर बाइक अझै गुड्छ पनि देखाउछ ।
कम्पनीले पल्सर एनएस १६० को मूल्य ३ लाख ८४ हजार र एनएस २०० को मूल्य ४ लाख २४ हजार ९०० रुपैयाँ कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्