१५ कार्तिक २०८३, शनिबार

 

सृष्टि फर्निचर उद्योगको १२ औं स्थापना दिवसको उपलक्ष्यमा आश्रमलाई सहयोग

बागलुङ । फर्निचर तथा फर्निसिङ क्षेत्रमा बागलुङमा फरक पहिचान बनाउन सफल सृष्टि फर्निचर उद्योगले १२ औं स्थापना दिवस मनाएको छ ।

दैनिक जीवनमा प्रयोग हुने फर्निचर तथा फर्निसिङका सामानहरुमा ग्राहकहरुको मन जित्न सफल भएको उद्योगले विश्वकर्मा पूजाको समेत अवसरमा धातुजन्य उपकरण, औजार आदिको पूजा गर्नुका साथै मानव सेवा आश्रम बागलुङमा सहयोग गरि स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको उपलक्ष्यमा उद्योगको सामाजिक उत्तरदायित्व अनुसार मानवसेवा आश्रममा एक छाक भोजन गराई दिवस मनाएको उद्योगका संचालक सरिता गौतमले बताउनु भयो ।

थोरै लगानी र कम जनशक्तिबाट सुरु भएको उद्योगले अहिले करोडौ लगानी र ३३ जनालाई प्रत्यक्ष रोजगारी समेत दिएको छ । बदलिदो संस्कृति र जीवनशैलीका कारण उच्च गुणस्तरका उत्पादनप्रति मानिसहरु आकर्षित हुने, ग्राहकको रोजाईलाई पछाउदै गएको उद्योगले बागलुङमा १२ वर्षमा सफल उद्योगको रुपमा स्थापित भएको छ ।

बजारमा पछिल्लो समय सुरक्षित, भरपर्दो र विश्वासिलो तवरले ग्राहकहरुमा सेवा प्रवाह गरिरहेको सृष्टि फर्निचर उद्योगले फर्निचर तथा फर्निसिङका सामानहरु उत्पादन गरेको छ ।

फर्निचर क्षेत्रमा १२ वर्ष लामो आफ्नो अनुभवलाई अझ प्रभावकारी बनाउँदै लगेको छ । विशेष गरी शहरका मध्यमदेखि उच्चवर्ग लक्षित गर्दै आफ्ना उत्पादनहरु बजारमा सेवा प्रवाह गरिरहेको उद्योगका संचालक ऋषिराम गौतमले नयाँ विश्वलाई बताउनु भयो ।

नेपालमा आवश्यक अधिकतम सामान आयातित हुने गरेको छ जसले नेपाली पैसा विदेशिएको मात्र छैन यहाँ युवाको श्रम र सीप खेर गएको हुदाँ यहि आवश्यकता पूरा गर्न आफूले उद्योग स्थापना गरेको गौतमले बताउनु भयो ।

घर, कार्यालय, होटल, हस्पिटालिटीका लागि इन्टेरियर डिजाइन सेवासमेत उपलब्ध गराई आवश्यक सेवा प्रवाह गरिरहेको उद्योगले केही वर्ष पहिले कुर्ची (रिबल्बिङ चियर) को उद्योग स्थापना गरेको थियो ।

बागलुङ नगरपालिका वडा नं ४ उपल्लाचौरमा रहेको सृष्टि फर्निचरले ३० लाखको लागतमा रिबल्बिङ चियर उद्योग स्थापना गरेको केहि वर्षपछि काठमाडौंमा उद्योग स्थापना गर्न सफल भएको छ । अहिले ३ हजारदेखि २५ हजारसम्मको कुर्चि उत्पादन गरिरहेको सृष्टि फर्निचर उद्योगको संचालक सरिता गौतमले नयाँ विश्वलाई बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung