२७ बैशाख २०८१, बिहीबार

 

नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद, तीन जनालाई जातीय विभेदमा सजाय

काठमाडौं । नवराज विकसहित ६ जनाको हत्या हुनेगरी भएको रुकुम पश्चिमको सोती घटनामा संलग्न रहेको आरोपमा २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।

जिल्ला न्यायाधीश खड्क बहादुर केसीको इजलासले घटनाको कसुरमा थुनामा रहेका २३ जनालाई जन्मकैद सजाय सुनाएको छ।

आइतबारदेखि सुरू भएको अन्तिम सुनुवाइअन्तर्गतको बहस मंगलबार सकिएको हो।यस्तै, नवराजकी प्रेमिकासहित उनकी आमा र भाइलाई जातीय विभेदसम्बन्धी मुद्दामा २ वर्षको कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

घटनामा संलग्न भएका आठ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको छ ।

घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए।जिल्ला सरकारी वकिल कार्यालयले साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।

प्रतिक्रिया दिनुहोस्