बागलुङ । लायन्स क्लब अफ बागलुङ सिटीले उपल्लाचौर आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण वितरण गरेको छ ।
लायन्स क्लब अफ बागलुङ सिटीले सामाजिक उत्तरदायित्वअन्तर्गत बागलुङ नगरपालिका ४ उपल्लाचौरस्थित उपल्लाचौर आधारभुत विद्यालयमा रहेका ७० जना बालबालिकाहरुलाई ५० हजार रुपैयाँको विद्यालय पोशाक हस्तान्तरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक शान्ती कुमारी शर्मा सापकोटाले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरु अध्ययन गर्दै आएको बताउनुभयो ।उहाँले विद्यालय पोशाक अनिवार्य भए पनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक सहयोग पाउँदा निकै खुसी लागेको बताउनुभयो ।



कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमजान खान, लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष धना सुनार, डिपार्टमेन्ट चिफ अनुप रिजाल, जोन चियर पर्सन निर्माण कुमार श्रेष्ठ र जिएमए चिफ दुर्गा कुँवरले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम लायन्स क्लब अफ बागलुङ सिटीका अध्यक्ष धना सुनारको अध्यक्षता, सहकोषाध्यक्ष शकुन्तला थापाको स्वागत र सचिवमा दुर्गा श्रीसको संचालनमा सम्पन्न भएको थियो ।
लायन्स क्लब अफ बागलुङ सिटीले स्थापना कालदेखि सामाजिक, शैक्षिक, स्वास्थ्य, मानविय र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ ।




















































































































































































































