२० बैशाख २०८१, बिहीबार

 

बागलुङ समाजको स्वास्थ्य शिविर : ४ सय १५ जनाले सेवा लिए

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले धौलागिरि अस्पतालमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा पहिलो दिन ४ सय भन्दा बढीले सेवा लिएका छन् । बागलुङ नगरपालिका कार्यालय, धौलागिरि अस्पताल, गण्डकी मेडिकल कलेज पोखरासँगको समन्वयमा दुई दिने स्वास्थ्य शिविरमा शुक्रबार ४ सय १५ जनाले सेवा लिएका हुन् ।

शिविरमा हाड जोर्नि, मुटु, पिशाव, महिला तथा स्त्री र क्यान्सर रोगको परीक्षण तथा सुगर, भिडियो एक्सरे, मुटुको इको सेवा प्रदान गरिएको छ । स्वास्थ्य शिविरमा गण्डकी मेडिकल कलेज पोखराका १५ जना विशेषज्ञ डाक्टरहरुले उपचार गरेका छन्। आजको स्वास्थ्य शिविरमा सुदुर ग्रामीण भेगका धेरै नागरिकहरुले सेवा लिएका थिए ।

साथै नियमित औषधी सेवन गरी रहेका र जटिल खालको रोग लागेका विरामीहरुले समेत स्वास्थ्य उपचार गराएका थिए । शिविरमा हाड जोर्नि, मुटु, पिशाव, महिला तथा स्त्री रोग संम्बन्धी विरामीहरुको बाहुल्यता रहेको डा रविन्द्र कुमार श्रेष्ठले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले बागलुङमा शिविर सञ्चालन गरेको बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले जानकारी दिनु भयो ।

विभिन्न स्वास्थ्य समस्याबाट ग्रस्त रहेका स्थानीयवासीले स्वास्थ्य परीक्षण तथा औषधि निःशुल्क रुपमा प्राप्त गर्न सक्ने श्रेष्ठको भनाई थियो । विसं २०३९ सालमा स्थापना भएको समाजले लामो समयदेखि शिक्षा, स्वास्थ्य, मावनता र धार्मिक क्षेत्रमा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्